यस पटेर्वा सुगौली गाउँपालिका पर्साको कृषि विकास शाखाबाट मिति २०८० असार १७ गते आ.व २०७८/०७९ मा स्थापना भएको तरकारी बाली पकेट कार्यक्रमलाई निरन्तरता अन्तर्गत आ.व २०७९/०८० मा पटेर्वा सुगौली गा.पा वडा नं. ५ को निचुटा स्थित श्री सहकारी संस्था लाई " तरकारी पकेट विकास कार्यक्रम" लाई निरन्तरता दिदै कृषकहरुलाई कृषि सामाग्री (मोटर, स्परे ट्यांकी,जैविक मल आदि) हरु गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यू, कृषि विकास शाखा प्रमुख सिमा चौधरी, ना.प्रा.स गोविन्द भैथा थारु, कृषक अगुवा, सहकारी संस्थाका संचालक समितिका सदस्य लगायतका उपस्थितिमा तरकारी खेती गर्न सहयोग हुने सामाग्रीहरु वितरण गरियो।
"२० औ राष्ट्रिय धान रोपाई महोत्सव २०८० जलवायु अनुकुलित कृषक मैन्त्री प्रविधि ,धान उत्पादनमा वृद्धि " मुल नाराका साथ पटेर्वा सुगौली गाउँपालिकाको कृषि विकाश शाखाको आयोजनामा राष्ट्रिय धान दिवस गा.पा. अध्यक्ष श्री दिनेश कुमार चाैधरी ज्यूकाे अध्यक्षतामा मनाइयाे ।
मिति २०८० असार १० गते ११ औं गाउँ सभा मा अगामी आ.व २०८०/०८१ काे नीति तथा कार्यक्रम गा. पा उपाध्यक्ष श्री ममता महताे ज्युबाट अनुमानित ३८ करोड, १५ लाख, ६ हजार ३ सय रुपैयाको बजेट सभामा प्रस्तुत गर्नुभएकाे थियाे । गा.पा.