यस पटेर्वा सुगौली गाउँपालिका पर्सामा मिति २०७६ मंसिर १९ गते श्री ने.रा.मा.वि सुगौली दा.प पर्सामा "आल्मुनियम फेब्रिकेटर तालिम" को उदघाटन गरियो। उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडा अध्यक्ष श्री राजेश्वर महतो थारु ज्यूको अध्यक्षतामा सो कार्यक्रम उदघाटन गरियो। साथै सो कार्यक्रमको प्रमुख अतिथि गा.पा उपाध्यक्ष श्री ममता महतो ज्यू, सुचना प्रविधि अधिकृत श्री सोलेन्द्र पंजियार ज्यू, सामाजिक विकास शाखा प्रमुख श्री राजकुमार महतो ज्यु, सूर्य ईन्सिटयुटका कार्यकारी निर्देशक श्री अर्जुन चौधरी, सब-ईन्जिनियर श्री केशराज चौधरी, पत्रकार र कार्यक्रम संयोजक श्री विरेन्द्र प्रसाद चौधरी ज्यूको उपस्थिती थियो।