आज मिति २०७५।०७।२० गतेको दिन यस पटेर्वा सुगौली गाउँपालिका, पर्साको गा.पा. का अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको अध्यक्षतामा हिन्दुहरुको महान चाड दिपावली र छठ्ठ पर्वको पावन अवसरमा शुभ-कामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा गा.पा. का उपाध्यक्ष श्री ममता महतो ज्यु, सबै वडाका वडा अध्यक्ष ज्युहरु, कार्यपालिका सदस्य ज्युहरु, गा.पा. सदस्य ज्युहरु, कर्मचारी वर्ग, नागरिक समाज, पत्रकार, प्रहरी, शैक्षिक संस्थाका शिक्षक र शिक्षिका र आम नागरीकको उपस्थिति थियो । यस कार्यक्रममा अध्यक्ष र उपस्थित अतिथि द्वारा दिपावली र छठ्ठ पर्वको अवसारमा सवैमा टिका लगाई हार्दिक मंगलमय शुभ-कामना तथा आम जनतामा सुख, शान्ति र सु-स्वास्थ्यको कामना व्यक्त गर्नुभयो ।