यस पटेर्वा सुगौली गा.पा पर्सा अन्तर्गत वडा नं. २ को कार्यालय गादी मा मिति २०७५।०९।१९ गते साइबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गा.पा अध्यक्ष श्री हरिनारायण चौधरी ज्युको अध्यक्षतामा १ दिने सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक श्री रेवती ढकाल, सश्स्त्त प्रहरी उपरीक्षक श्री प्रेमध्वज शाह, जगरनाथपुर गा.पा का अध्यक्ष श्री जालिम मिया, ठोरी गा.पा का अध्यक्ष श्री पिएल श्रेष्ठ, उपाध्यक्ष शान्ति माया थिंग, पोखरिया ना.पा का उपाध्यक्ष श्री सलमा खातुन, सखुवा प्रसौनी गा.पा का उपाध्यक्ष श्री फूलमती देवी, पटेर्वा सुगौली गा.पाका उपाध्यक्ष श्री ममता महतो ज्यु, वडा नं. २ का वडा अध्यक्ष श्री विजय गैरे ज्यु, सबै वडा का वडा अध्यक्ष ज्युहरु, सदस्यहरु ल्गायतका अतिथि उपस्थित हुनुहुन्थ्यो । प्रशिक्षकका रुपमा प्रोफेसर डा. श्री रामहरि सुवेदी ज्यु हुनुहुन्थ्यो ।