यस पटेर्वा सुगौली गाउँपालिका पर्साको वडा नं. ५ स्थित मनिहार्वा टोलमा महिला कृषि समूहको समन्वयमा २२ औ राष्ट्रिय धान दिवस २०८२ , असार १५ गते "धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता " मूल नाराका साथ गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षतामा मनाइयो।
उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, कृषि समूह, कृषक लगायतका उपस्थिति रहेको थियो