यस पटेर्वा सुगौली गाउँपालिका पर्साको वडा नं. ५ स्थित मनिहार्वा टोलमा महिला कृषि समूहको समन्वयमा २२ औ राष्ट्रिय धान दिवस २०८२ , असार १५ गते "धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता " मूल नाराका साथ गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षतामा मनाइयो।
उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, कृषि समूह, कृषक लगायतका उपस्थिति रहेको थियो
यस पटेर्वा सुगौली गाउँपालिका पर्साको मिति २०८२ असार ९ गते सोमबारको दिन गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षतामा १५ औं गाउँ सभा अधिवेशन वडा नं. ४ को वडा कार्यालयको सभाहलमा गा.पा. उपाध्यक्ष ममता महतो ज्यूबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि निति तथा कार्यक्रम वडा अध्यक्ष, प्र.प्र.अ. ,कार्यपालिाका सदस्य, गाउँ सभा सदस्य, कर्मचारी, प्र.अ., सुरक्षाकर्मी, पत्रकार ल्गायतको उपस्थितिमा प्रस्तुत गरी कुल बजेट रु. ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँ रेहेको जानकारी समेत दिनु भयो।