Title | Body | Date | Images |
---|---|---|---|
दाेस्राे गाउँ सभाकाे प्रथम बैठक |
यस पटेर्वा सुगाैली गा.पा काे दाेस्राे गाउँ सभाकाे प्रथम बठैक मिति २०७५।०३।१० गते अा .ब. २०७५।७६ काे बजेट, निति तथा कार्यकम्र शिक्षा,स्वास्थ्य, कृषि, पशु, पूर्वधार, सडक र नाला निर्माण, सूचना प्रविधि अादि लगायतकाे शिर्षकहरूमा गा.पा का उपाध्यक्ष श्रीमती ममता महताे द्वारा प्रस्तुत भइ सबै शिर्षकहरू माथि छलफल तथा अा-अाफनाे तर्फबाट सलाह सुझावहरू प्रस्तुत गरियाे । उक्त कार्यक्रममा सबै जनप्रतिनिधिहरू, नागरीक समाज, कर्मचारीहरूकाे उपस्थित थियाे । अा .ब. २०७५।७६ काे बजेट, निति तथा कार्यकम्रकाे अनुमानित बजेट २७ कराेड ५६ लाख ४६ हजार जानकारी गराइएकाे छ । |
06/26/2018 - 22:27 | |
पटेर्वा सुगाैली गाउँपालिका काे कार्यालय |
पटेर्वा सुगाैली गाउँपालिका काे कार्यालयकाे तस्वीर स्थान : पटेर्वा सुगाैली गाउँपालिका ०४, फरादवा टाेल । |
06/22/2018 - 14:30 | |
स्थानीय सरकार संचालन एवं अन्तर सम्बन्धित विषयक कार्यक्रम |
यस पटेर्वा सुगौली गाँउपालिकामा जि.स.स, पर्साको आयोजनामा स्थानीय सरकार संचालन एवं अन्तर सम्बन्धित विषयक कार्यक्रम मिति २०७५ ।०३।०७ देखि २०७५।०३।०९ गते सम्म ३ दिने हुने आज २०७५।०३।०७ गते यसै गा.पा को कार्यालयमा सुरुवात भएको छ । उक्त कार्यक्रम जि.स.स, पर्साका महिला सदस्य श्रीमती संगीता देवीका सभापतित्वमा भएको थियो भने प्रमुख अथिति गा.पा का अध्यक्ष श्री हरिनारायण चौधरी, विशेष अथिति जि.स.स,पर्साका स्था.वि.अ श्री निश्चलराज पाण्डे, गा.पा का उपाध्यक्ष श्रीमती ममता महतो , प्रमुख प्रशासकीय अधिकृत, गा.पा सभा सदस्यहरुका र वडा सचिवहरुका सहभागिता रहेको थियो । |
06/22/2018 - 10:33 | |
राजश्व सुधार कार्य योजना तर्जुमा कार्यशाला गोष्ठी |
यस पटेर्वा सुगौली गा.पा बाट राजश्व सुधार कार्य योजना तर्जुमा कार्यशाला गोष्ठी १ दिने सम्पन्न । उपस्थित : गा.पा को उपाध्यक्ष ज्यू, वडा अध्यक्षहरू ज्यू, सदस्यहरू ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, कार्यरत वडा सचिवहरू र सबै शाखाका प्रमुख कर्मचारीहरू उक्त कार्यक्रमा राजश्व र कर सम्बन्धीका प्रस्तावना प्रस्तुत, गा.पा को क्षेत्रभित्र पर्ने सम्भावीत ठाउँ र स्रोतबाट कर र राजश्व अशुलीको सम्बन्धमा सहभागीहरूलार्इ ४ समूहमा विभाजन गरी समूहको प्रस्तुत कर्ताबाट प्रस्तुति गरियो । |
06/14/2018 - 18:20 | |
सूक्ष्म पोषक तत्व अभिमुखीकरण तथा सुदढीकरण कार्यक्रम |
यस पटेर्वा सुगाैली गा. पा को स्वास्थ्य शाखाबाट संचालित सूक्ष्म पोषक तत्व अभिमुखीकरण तथा सुदढीकरण कार्यक्रम १ दिने सम्पन्न । |
06/14/2018 - 11:43 | |
शिघ्र कुपोषण एकिकृत व्यबस्थापन कार्यक्रम |
यस पटेर्वा सुगौली गा.पा को स्वास्थ्य शाखा द्वारा सन्चालित शिघ्र कुपोषण एकिकृत व्यबस्थापन कार्यक्रम सम्बन्धि १ दिने गोष्ठी सम्पन्न्। |
06/10/2018 - 18:40 | |
विश्व वातावरण दिवस कार्यक्रम |
जुन ५ विश्व वातावरण दिवसको अवसरमा यस पटेर्वा सुगौली गा.पा को अध्यक्ष श्री हरि नारायण चाैधरी ज्यूकाे अगुवाईमा जनप्रतिनिधि, कर्मचारी तथा जन समाजको सहभागीतामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षा राेपम् र रक्षा गरैम् यस कार्यक्रमकाे मूख्य नारा थियाे । |
06/06/2018 - 08:22 | |
पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम |
यस पटेर्वा सुगौली गा.पा. को स्वास्थ्य शाखा बाट नियमित खोप कार्यक्रम सुदृढीकरण तथा पूर्ण खोप सुनिश्चितता को लागि डाटा भेरिफिकेशन कार्यक्रम २ दिने सम्पन्न | |
06/05/2018 - 16:39 | |
बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न |
मिति २०७५/०२/०६ देखि २०७५/०२/०९ सम्म बैमोसमिक तरकारी खेति अभीमुखिकरण तालिम ४ दिने सम्पन्न । कोदालो विउ प्रमाण पत्रका साथ सिप मुलक तालिम कृषक समुहहरूलाइ प्नदान । उपस्तिथी : अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत ,कृषि शाखा प्रमुख , जे .टि .ए ,वडा अध्यक्ष, सुचना प्रविधि अधिकृत, कृषक समुहहरु |
05/23/2018 - 18:26 | |
उपभोक्ता समितिहरुलाई दुई दिने तालिम |
यस पटेर्वा सुगौली गाउँपालिकाको योगना र प्राविधिक शाखा अन्तर्गत स्थानीय तहको उपभोक्ता समिति गठन , परिचालन तथा व्यवस्थापन सम्बन्धी २ दिने मिति २०७५/०२/०७ देखि २०७५/०२/०८ सम्म तालिम संचालन भएको जानकारी गराइनछ । उक्त तालिममा यस गा. पा को अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुचना प्रविधि अधिकृत , योगना शाखा प्रमुखहरुका सहभागिता थिए । |
05/23/2018 - 11:16 |