Title | Body | Date | Images |
---|---|---|---|
पटेर्वा सुगौली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड कप २०८० |
मिति २०८० पुस २५ र २६ गते संचालित दुई दिने पटेर्वा सुगौली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड कप २०८० श्री ने.रा.मा.वि सुगौली दा.प. को खेलमैदानमा २६ गते सम्पन्न भएको छ । बिजेता टिम (विद्यालय) तथा विद्यार्थीहरुलाई गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी, उपाध्यक्ष श्री ममता महतो, शाखा प्रमुख श्री सोलेन्द्र पंजियार , प्र.अ. श्री रामाशंकर प्रसाद ,प्रहरी प्रतिनिधी, शिक्षकहरुबाट पुरस्कार वितरण गराईयो। उक्त दुई दिने प्रतियोगिताका केही तस्वीरहरुः |
01/11/2024 - 21:45 |
|
आँखा शिविर |
मिति २०८० मंसिर २१ गते देखी २४ गते सम्म यस पटेर्वा सुगौली गाउँपालिका पर्सा र तिलगङ्गा आँखा प्रतिष्ठान, हेटौडा सामुदायिक आँखा अस्पताल, तिलगङ्गा सामुदायिक आँखा केन्द्र निचुटा द्वारा संचालित आँखा शिविरमा जम्मा १६०१ जना विरामीहरुले उपचार गराएका छन्। जस मध्ये ३१९ जना मोतियाबिन्दुको शल्यक्रिया र १ जना आँखामा मासु पलाएको शल्यक्रिया गरी ३२० जनाले शल्यक्रिय गराएका छन। यो शिविर गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी तथा सम्पूर्ण जनप्रतिनिधी, स्वास्थ्यकर्मी, चिकित्सक, नागरीक समाज, बुद्धिजिवी लगायतका सक्रियतामा सम्पन्न भएको छ । |
12/14/2023 - 10:35 |
![]() |
आखाँ शिविर तथा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा सञ्चालन |
यस पटेर्वा सुगौली गाउँपालिका पर्सा अन्तर्गत वडा नं. ५ स्थित निचुटा स्वास्थ्य चौकीमा मिति २०८० सावण १६ गते १ दिने आखाँ शिविर तथा " तिलगंगा सामुदायिक आँखा केन्द्र, निचुटा" गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथिमा उद्याटन गरियो। उक्त शिविर तिलगंगा सामुदायिक आखाँ केन्द्र निचुटा, पटेर्वा सुगौली-५ द्वारा आयोजित गरिएको थियो। साथै कार्यक्रममा गा.पा. उपाध्यक्ष श्री ममता महतो, वडा नं. |
08/01/2023 - 12:03 |
![]() |
सामुदायिक विद्यालयमा लयापटप र प्रिन्टर वितरण |
यस पटेर्वा सुगौली गाउँपालिकाबाट आ.व २०७९/०८० मा गाउँ सभाबाट स्वीकृत वार्षिक योजन बजेट अन्तर्गत १ वडा १ लयापटप/प्रिन्टर योजना तपसिल अनुसारको सा.वि हरुमा लयापटप प्रिन्टर वितरण गा.पा. अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूबाट वितरण गरयो। उक्त वितरण कार्यक्रममा शाखा प्रमुख श्री सोलेन्द्र पंजियार र सा.वि का प्र.अ तथा शिक्षकहरुको उपस्थिति रहेको थियो। तपसिल १. श्री ने.रा.आ.वि रामभौरी भाठ्ठा २. श्री ने.रा.आ.वि बैद्यनाथपुर थरघट्टी ३. श्री ने.रा.आ.वि पूर्व देकुली ४. श्री ने.रा.आ.वि फरादवा ५. श्री ने.रा.आ.वि देउरीया |
07/24/2023 - 12:33 |
![]() |
तरकारी पकेट विकास कार्यक्रम निरन्तरता |
यस पटेर्वा सुगौली गाउँपालिका पर्साको कृषि विकास शाखाबाट मिति २०८० असार १७ गते आ.व २०७८/०७९ मा स्थापना भएको तरकारी बाली पकेट कार्यक्रमलाई निरन्तरता अन्तर्गत आ.व २०७९/०८० मा पटेर्वा सुगौली गा.पा वडा नं. ५ को निचुटा स्थित श्री सहकारी संस्था लाई " तरकारी पकेट विकास कार्यक्रम" लाई निरन्तरता दिदै कृषकहरुलाई कृषि सामाग्री (मोटर, स्परे ट्यांकी,जैविक मल आदि) हरु गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यू, कृषि विकास शाखा प्रमुख सिमा चौधरी, ना.प्रा.स गोविन्द भैथा थारु, कृषक अगुवा, सहकारी संस्थाका संचालक समितिका सदस्य लगायतका उपस्थितिमा तरकारी खेती गर्न सहयोग हुने सामाग्रीहरु वितरण गरियो। |
07/02/2023 - 22:03 |
![]() |
२० औ राष्ट्रिय धान दिवस २०८० |
"२० औ राष्ट्रिय धान रोपाई महोत्सव २०८० जलवायु अनुकुलित कृषक मैन्त्री प्रविधि ,धान उत्पादनमा वृद्धि " मुल नाराका साथ पटेर्वा सुगौली गाउँपालिकाको कृषि विकाश शाखाको आयोजनामा राष्ट्रिय धान दिवस गा.पा. अध्यक्ष श्री दिनेश कुमार चाैधरी ज्यूकाे अध्यक्षतामा मनाइयाे । |
07/02/2023 - 22:00 |
![]() |
MEDPA कार्यक्रमको प्रविधि हस्तान्तरण कार्यक्रम |
यस पटेर्वा सुगौली गाउँपालिका उद्योग विकास शाखाबाट सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( MEDPA ) अन्तर्गत श्री गादीमाई लघु उद्यमी समुहलाई प्रविधि हस्तान्तरण तथा व्यवसाय सञ्चालन शुभारम्भ कार्यक्रममा मिति २०८० जेष्ठ १४ गते वडा नं. २ को बैजनाथपुरमा सिलाई कटाई व्यवसाय तालिम(साधारण तथा स्तरोन्ती) सम्पन्न भई गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्युबाट प्रविधि उक्त समुहलाई हस्तान्तरण भई २०८० जेष्ठ १४ गते देखी उक्त समूहद्वारा व्यवसाय सञ्चालन हुने भएको जानकारी गराइन्छ । |
05/28/2023 - 17:18 |
![]() |
लागू औषध विरूधकाे जनचेतना कार्यक्रम |
श्री ने.रा.आ.वि पटेर्वा मा लागू औषध विरूधकाे जनचेतना कार्यक्रमकाे तस्वीरहरू - Lets Unite Together For Drug Free Communities..SANOPAILA र ट्राफिक प्रहरी लाई विशेष धन्यवाद |
05/17/2023 - 16:58 |
![]() |
वडा तथा पालिका पूर्ण खोप घोषणा कार्यक्रम |
आज मिति २०८० बैशाख २८ गते विहिबारको दिन श्री ने.रा.आ.वि कन्चनपुर बैरियामा यस पटेर्वा सुगौली गा.पा पर्साको वडा नं. १ र ३ को तथा गाउँपालिका पूर्ण खोप घोषणा कार्यकम्र गा.पा अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको प्रमुख अतिथिमा कार्यक्रमको सभापति वडा अध्यक्ष श्री फरमान मिया अन्सारी र श्री माधव प्रसाद राउत थारु ज्यूको अध्यक्ष्यतामा समपन्न गरियो । मिति २०८० बैशाख २८ गते देखी पटेर्वा सुगौली गाउँपालिका पूर्ण खोप घोषणा गा.पा अध्यक्षले स्वास्थ कार्यालय पर्साको कार्यालय प्रमुखको उपस्थितिमा घोषणा तथा पालिकाका सम्पूर्ण पदाधिकारीहरुले प्रतिबद्धताको घोषणा समेत गर्नु भयो । उक्त कार्यक्रमममा गा.पा. |
05/11/2023 - 17:32 |
|
लागु औषध दुर्व्यसन विरुद्धको जनचेतना कार्यक्रम |
मिति २०७९ चैत्र ३ गते शुक्रबारको दिन यस पटेर्वा सुगौली गाउँपालिका वडा नं. |
03/17/2023 - 16:12 |
![]() |